चिनियाँ सहयोगका ठूला परियोजना अगाडि बढाउने सहमति – Janadesh Daily | ePaper

चिनियाँ सहयोगका ठूला परियोजना अगाडि बढाउने सहमति


जनादेश, काठमाण्डौ ।

सरकारले चिनियाँ सहयोगका ठूला परियोजनालाई कार्यान्वयनमा लैजान चिनियाँ अधिकारीहरूसँग छलफल शुरू गरेको छ ।

काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्ग र टोखा–छहरे सुरुङ मार्गको थप अध्ययनसहित ठूला परियोजनालाई गति दिन सरकारले गृहकार्य अगाडि बढाएको हो ।

अर्थ मन्त्रालयले चिनियाँ सहयोगका त्यस्ता परियोजना अघि बढाउन नेपालले चिनियाँ पक्षसँग संवाद अगाडि बढाएको जानकारी दिएको छ ।

अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन, टोखा–छहरे सुरुङ मार्ग, वेत्रावती–स्याफ्रुबेंशी सुरुङको सम्भाव्यता अध्ययन, वीर अस्पताल विस्तार परियोजना, मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय परियोजना, उत्तरी क्षेत्रको जीवनस्तर सुधार कार्यक्रमलाई गति दिनेबारे अर्थका अधिकारीहरूले हालै चीन अन्तरराष्ट्रिय विकास सहयोग निकाय (सीआईडीसीए) सँग छलफल गरेका छन् ।

भिडियो कन्फरेन्स बैठकमा चिनियाँ अधिकारीले रसुवागढी हुँदै राजधानी काठमाडौंलाई चीनसँग जोड्ने सुरुङ र रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, चिनियाँ सहयोगका परियोजनालाई कोरोना संक्रमण न्यूनीकरण लगत्तै तीव्रता दिने सहमति पनि भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्