नेप्से कारोबार प्रणालीको सेवा अवरोध – Janadesh Daily | ePaper

नेप्से कारोबार प्रणालीको सेवा अवरोध


जनादेश, काठमाण्डौ ।

नेप्सेको कारोबार प्रणाली (टीएमएस) मा समस्या देखिएको छ । यही कारण आइतबार लगानीकर्ताले निर्धारित समयमा सेयर कारोबार गर्न पाएनन् ।

समस्या समाधान हुँदा निर्धारित समय सकिएको थियो । तर नेप्सेले कारोबारका लागि २ घण्टा समय थप गरिदियो । थपिएको समयमा भने लगानीकर्ताले कारोबार गर्न पाएका थिए ।

नेप्सेको कारोबार प्रणालीमा समस्या आउनु नयाँ होइन । पटक–पटक विभिन्न समस्या आउने गरेका छन् ।

०७५ कात्तिक २० देखि नेप्सेले पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेयता सिस्टममा समस्या आएकै कारण पटक–पटक कारोबार अवरुद्ध हुँदै आएको छ ।

आइतबार पनि सोही अवस्था दोहोरिएको धितोपत्र ब्रोकरले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्