पेट्रोलको मूल्य बढ्यो – Janadesh Daily | ePaper

पेट्रोलको मूल्य बढ्यो


जनादेश, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटरको १०७ रुपैयाँ भएको छ । निगमका अनुसार डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको छ।

यस्तै, विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेल प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्