एजेन्सी ।
चिनियाँ औषधि उत्पादक कम्पनीले आफ्ना हजारौं कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप दिएको बताएको छ ।
चीनको चर्चित साइनो भ्याक बायोटेक कम्पनीले आफूले उत्पादन गरेको कोरोना विरुद्धको खोप कम्पनीका कर्मचारी, उनीहरुका परिवार र आफन्तलाई समेत स्वयंसेवीरुपमा उपलब्ध गराइएको बताएको छ ।
कम्पनीका प्रवक्ता लिउ पेइछङले साउथ चाइना मोर्निङ पोष्टलाई बताए अनुसार कम्तिमा ३ हजार कर्मचारी र उनीहरुका परिवारले खोप लिएका छन् । उनीहरुलाई स्वेच्छिकरुपमा खोप दिइएको पनि कम्पनीले बताएको ।
साइनो भ्याकले तयार गरेको कोरोना भ्याक नामक कोरोनाविरुद्धको खोप तेश्रो चरणको क्लिनिकल ट्रयालमा छ । यो चरणमा सफल भए खोपको वृहत उत्पादन सुरु हुने छ ।
कम्पनीका बरिष्ठ प्रबन्धक चाङ यिनानले आफूले पनि कम्पनीको खोप लगाएको बताइन् । यो खोपको परीक्षण युएईका ३५ हजार मानिसमा पनि गरिएको छ ।
र यो पनि_ भाइरस भयावहः विश्वमा २ करोड ७२ लाख ८१ हजार संक्रमित, ८ लाख ८७ हजारको मृत्यु