बार्सिलोनाको टाउको दुखाईः मेस्सीपछि अब स्वारेजको पालो – Janadesh Daily | ePaper

बार्सिलोनाको टाउको दुखाईः मेस्सीपछि अब स्वारेजको पालो


एजेन्सी ।
स्टार खेलाडहरुले क्लव छोड्न चाहेपछि तनावमा परेको स्पेनिस फुटबल क्लब बार्सिलोनालाई सहजै तनावले नछोड्ने संकेत गरेको छ ।

उनको बढ्दो उमेर र खस्कँदो प्रदर्शनको कारण देखाउँदै क्लबले बेच्ने खेलाडीको सूचीमा राखेका उरुग्वेका फरवार्ड लुइस सुवारेजलाई किन्ने ठानिएको इटालियन क्लब युभेन्टसले उनलाई किन्ने सम्भावना आर्थिक मन्दीका कारण घट्दै गएको छ ।

अझै एक सिजन सम्झौता बार्सिलोनामै बाँकी रहेका स्वारेजलाई क्लबका लागि नखेले पनि पैसा तिर्नैपर्ने बाध्यतामा बार्सा छ ।
क्लब सुवारेजलाई जसरी पनि बेच्न लागि परेको छ तर मेस्सी स्वारेजलाई राख्ने पक्षमा हुन सक्ने अनुमान गरिएको छ । यसका कारण क्लवका खेलाडी र पदाधिकारीबीच टकराव बढ्ने अनुमान गरिरहेका विश्लेषकहरुले मेस्सी पछि स्वारेज क्लवको तनाव बढाउने कारण बन्ने अनुमान गरेका छन् ।

मेस्सी क्लब छोड्ने प्रयास असफल नभएपछि पुनः यो सिजनको प्रशिक्षणमा फर्किएका छन् । उनलाई क्लवबाट जान नदिन बार्साले अनेक तिकडम गरेको थियो । मेस्सीले पैसा तिर्न नसक्ने भएर क्लवमै बस्न बाध्य भएको बताइसकेका छन् ।

यो पनि हेर्नुस् – 

निराश भएपछि मेस्सीले भनेः मुद्दा मामिला गर्नुभन्दा बार्सामै बस्छु 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्