‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने – Janadesh Daily | ePaper

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने


जनादेश, काठमाण्डौ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

ललितपुरस्थित परिषद्को केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजसेवा र मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि हुन नदिन परिषद्का कर्मचारीलाई सचेत गराउनुभयो ।

सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने योजनालाई अघि बढाएको जानकारी दिँदै परिषद्का अध्यक्ष गुरुङले सामाजिक सङ्घसंस्थालाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने बताउनुभयो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्