भारतीय कांग्रेसमा उथल पुथलको संकेत, गुलाम नबी आजादलाई महासचिवबाट हटाइयो – Janadesh Daily | ePaper

भारतीय कांग्रेसमा उथल पुथलको संकेत, गुलाम नबी आजादलाई महासचिवबाट हटाइयो


एजेन्सी ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसमा उथल पुथलको संकेत देखिएको छ । लामो समयदेखि तदर्थ नेतृत्वमा रहँदै आएको कांग्रेसमा अध्यक्ष सोनिया गान्धीले महत्वपूर्ण परिवर्तन गरेपछि उक्त पार्टीमा उथल पुथलको संकेत देखिएको हो ।

सोनियाँ गान्धीको तदर्थ नेतृत्वमा रहेको कांग्रेसमा गुलाम नबी आजाद तथा मल्लिकार्जुन खड्गेसहित ४ वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट हटाइएको छ भने कांग्रेस कार्य समितिको पनि पुनर्गठन गरिएको छ।

पार्टीका महासचिव केसी वेणुगोपालले विज्ञप्तिमार्फत आजाद र खड्गेसहित मोतीलाल बोरा र अम्बिका सोनीलाई महासचिवबाट मुक्त गरिएको जानकारी दिएका छन् ।

यसका साथै गान्धीले पार्टीको संगठनात्मक र अन्य कार्यमा आफ्नो सहयोगका लागि विशेष समिति पनि गठन गरेकी छन् भने केन्द्रीय निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ।

लगातार दुई पटकको आम चुनावमा नराम्रो पराजय व्यहोरेपछि थलिएको भारतीय कांग्रेस नेतृत्वविहीन अवस्थामा छ । चुनावी पराजय लगत्तै अध्यक्ष राहुल गान्धीले पद छोडेका थिए। त्यसपछि उनकी आमा सोनिया गान्धीलाई तदर्थ अध्यक्षमा पुनर्स्थापित गरिएको छ । कांग्रेस गान्धी परिवारकै नेतृत्वमा रहेने कि बदलिने भन्नेमा भित्र भित्र ठूलो संघर्ष रहँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्