एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको सिजनको पहिलो खेलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।
टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।
डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिगेजसहित मैदान उत्रिएको एभर्टनले टोटेनहमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै सिजनको पहिलो खेलमा वेस्ट ब्रुमलाई ३-० गोल अन्तरले पराजित गर्दै लेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।
वेस्ट ब्रुमको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई गोल गरे । यस्तै टिमोथी कास्टाग्नेले एक गोल गरे । जितसँगै लेष्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । लेष्टर तालिकाको शीर्ष स्थानमा रहेको छ ।