सरकारद्वारा थप चार कम्पनीका ह्याण्ड सेनिटाइजरमा प्रतिबन्ध – Janadesh Daily | ePaper

सरकारद्वारा थप चार कम्पनीका ह्याण्ड सेनिटाइजरमा प्रतिबन्ध


जनादेश, काठमाण्डौ ।

केही दिन अघि मात्र पाँचवटा कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाएको सरकारले थप चार वटा कम्पनीको स्यानिटाइजर बिक्री वितरणमा तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ।

औषधि व्यवस्था विभागले विदेशी र स्वदेशी कम्पनीद्वारा निर्मित स्यानिटाइजरमा इथानोलको मात्रा अत्याधिक भएको तथा विषाक्त रसायन प्रयोग गरीनिर्माण गरिएकोले प्रतिबन्ध लगाएको जनाएको छ ।

प्रतिबन्धित हुनेमा​ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौंको स्यानिटाइजर छन् ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरीएको परीक्षणमा तोकेको मापदण्ड पुरा नगरेकाले बिक्री वितरणमा रोक लगाएको औषधि व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार उक्त कम्पनीको स्यानिटाइजर प्रयोग गरेमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएको छ। सबै फिर्ता गर्नलाई विभागले आग्रह गरेको छ।

No description available.

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्