चेल्सीका लगानीकर्ताबारे सनसनी खुलासा, अन्य क्लबका खेलाडीमा पनि लगानी – Janadesh Daily | ePaper

चेल्सीका लगानीकर्ताबारे सनसनी खुलासा, अन्य क्लबका खेलाडीमा पनि लगानी


एजेन्सी ।

फिनसेन फाइल्सका रूपमा परिचित ब्याङ्कहरूको दस्ताबेज बारेको खुलासाले इङ्लिस फुटबल क्लब चेल्सीका लगानीकर्ता रोमन अब्रामोभीचबारे सनसनीपूर्ण तथ्य बाहिर ल्याएको छ ।

अब्रामोभीचले आफ्नो क्लब भन्दा बाहिरका खेलाडीमा समेत गोप्य रूपमा लगानी गरेको खुलासा भएको हो । सन् २०१४को च्याम्पियन्स लीगमा चेल्सी विरुद्ध मैदानमा उत्रिएका पेरुका विङ्गर आन्द्रे करीओमाथि समेत उनले लगानी गरेको खुलेको छ ।

उनले ब्रिटिस भर्जीन आइल्यान्ड्सस्थित कम्पनी मार्फत खेलाडीहरूमा लगानी गरेको फिनसेन फाइल्सले खुलाएको छ । फुटबल एसोसिएसनका पूर्व अध्यक्ष लर्ड ट्राइसम्यानले कुनै क्लबका लगानीकर्ताले अर्को टोलीबाट खेल्ने खेलाडीमा रुचि राख्नु गलत हुने धारणाा राखेका छन् ।
तेस्रो पक्षको स्वामित्वमा रहने गरी त्यो कम्पनीले फुटबलमा लगानी गरिरहेको थियो।

यस्तो अभ्यासमाथि इङग्लीस प्रिमियर लीगमा सन् २००८ मा प्रतिबन्ध लगाइएको थियो। अन्तर्राष्ट्रिय रूपमा भने त्यस्तो प्रतिबन्ध सन् २०१५ मा लगाइयो।

सन् २०१४को च्याम्पियन्स लीगको समूह चरणको खेलमा चेल्सी र स्पोर्टिङ लिस्बनबीच खेल भएको थियो।

खेलमा करीओ पनि मैदानमा उत्रिएका थिए।

सेप्टेम्बर महिनामा लिस्बनमा अनि डिसेम्बरमा स्टयाम्फोर्ड ब्रिजमा अब्रामोभीचको स्वार्थ मैदानमा उत्रिएका १२ खेलाडीसँग गाँसिएको थियो।
सन् २०१६ को डिसेम्बरमा ब्याङ्कले अब्रामोभीचको खातामा शङ्का गर्दै ‘सस्पिसियस एक्टीभीटी रिपोर्ट’ फाइल गरेको थियो।

त्यसमा १ अर्ब अमेरिकी डलर भन्दा बढी रकमको “अफसोर सेल कम्पनीहरू जोडिएका शङ्कास्पद भुक्तानी गरिएको” पत्ता लागेको थियो।

उनी रुसमा राजनीतिक पहुँच भएका कुलीन वर्गका व्यक्ति हुन जसको मस्को र भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्