स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई कारबाही – Janadesh Daily | ePaper

स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई कारबाही


काठमाडौँ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै आजदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमनलाई तीव्र पारेको जानकारी दिनुभयो ।

महाशाखाले आजमात्र स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाले सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरे वा तोकिएको भन्दा बढी भाडा लिए ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह समेत गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्