एजेन्सी ।
यूईएफए सुपर कपको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । हिजो राति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोलले हराउँदै बायर्नले सुपर कपको उपाधि उपचालेको हो ।
खेलमा सेभियाले १३ औं मिनेटमा अग्रता लिँदै लुकास ओकम्पोसको पेनाल्टी गोल लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।
बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि शुरु भएको खेलमा अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि गोल गरे ।
कोरोना महामारीपछि पहिलोपटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थियो । मैदानमा झण्डै २० हजार दर्शकको उपस्थिति थियो ।