एजेन्सी ।
क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । वान क्याच क्या मेक यु विन द म्याच अर्थात् एक क्याचले क्रिकेटमा म्याच जिताउँछ भन्ने भनाइ नै छ ।
तर विहीबार भएको आइपिएलको प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले क्याच मात्र होइन म्याच समेत गुमाए ।
बिराटले दुई वटा महत्वपूर्ण क्याच छोडेपछि उनको आलोचना भएको छ । एघारौं ओभरमा किङ्स इलेभन पञ्जाबका कप्तान केएल राहुलले रन बटुलिरहेका थिए । त्यही बेला डेल स्टेनको बलमा उनी क्याच आउट हुन सक्थे । तर कप्तान कोहलीको हातमा पुगेको बल क्याच भएन ।
अरुले गल्ती गर्दा आक्रामक व्यवहार देखाउने कोहोलीले १८ औँ ओभरमा फेरि उस्तै गल्ती दोहोर्याए । कोहलीले क्याच गर्न सकेनन् र केएल राहुललाई लगातार दुई ओभरमा जीवनदान मिल्यो।
राहुलले १४ चौका र ७ छक्काको मद्दतले ६९ बलमा अविजित १३२ रनको शानदार शतकीय पारि खेलेर आफ्नो टिमको स्कोर २०६ रन बनाए।
विश्लेषकहरुले क्याच गुमाएर बिराटले टिमको म्याच पनि गुमाएको टिप्पणी गरेका छन् ।
यो पनि हेर्नुस्- आइपिएलः बैंगलोरमाथि पञ्जावको शानदार जीत, कप्तान के एल राहुलको कीर्तिमान