बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ    – Janadesh Daily | ePaper

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ   


 सप्तरी। 

सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गर्नुभएको थियो । फैसलापछि अभियुक्तहरु फरार थिए ।

आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिनुभएको थियो । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराउनुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्