जनादेश, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराएका अध्यक्ष चन्दलाई संक्रमण पुष्टि भएको हो ।
यसअघि क्यानका सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । अध्यक्ष चन्द एक होटेलमा आइसोलेसनमा बसेका छन् भने प्याकुरेल होम आइसोलेसनमा रहेको बताएइएको छ ।
असोज ६ गते चितवनमा बसेको क्यान बोर्ड बैठकपछि काठमाडौं आएका अधिकाशं सदस्यहरुले कोरोना जाँच गराएका थिए । त्यसपछि केहीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।