१६ फरार प्रतिवादी पक्राउ – Janadesh Daily | ePaper

१६ फरार प्रतिवादी पक्राउ


कर्णाली ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका पाँच, आगलागीका दुई, लुटपिट, कुटपिट र सवारी ज्यानका एक÷एक गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै, जिप्रका मुगुबाट अंश भाग र कुटपिटका एक÷एक, जिप्रका हुम्लाबाट जबर्जस्ती करणी, कालीकोटबाट लागुऔषध एक÷एक, दैलेखबाट कर्तव्य ज्यान मुद्दा र बैंकिङ कसुरका एक÷एक गरी छ फरार प्रतिवादी पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताउनुभयो । तीन दिनमा ४८ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्