जनादेश, काठमाडौं ।
वीर अस्पतालको इमर्जेन्सी विभागका मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् । प्रशासन समक्ष पटक पटक आफ्ना मागहरु राख्दा पनि सुनुवाई नभएको बताउँदै उनीहरुले राजीनामा दिएका छन् ।
“समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” चिकित्सकले सामूहिक राजीनामापत्रमा भनेका छन् ।
यस्तै, यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुने पत्रमा जनाइएको छ ।