एजेन्सी ।
भारतीय कांग्रेस पार्टीका कोषाध्यक्ष एवं वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । कोरोना संक्रमित ७१ वर्षीय पटेलको दिल्लीस्थित अस्पतालमा निधन भएको भारतीय सञ्चार धाम्यले जनाएका छन् ।
पटेल सन् २०१८ मा कांग्रेस कोषाध्यक्ष नियुक्त भएका थिए । ८ पटकसम्म सांसद बनेका उनी पार्टी शक्तिमा रहँदासम्म सोनिया गान्धीका राजनीतिक सल्लाहकार समेत थिए । उनी सन् १९८५ मा पनि राजीव गान्धीका संसदीय सचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नेता पटेलको निधनमा भारतका बरिष्ठ नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।