कोरोना महामारीः विश्वमा एकैदिन थपिए ५ लाख ३४ हजार संक्रमित, ११ हजारको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः विश्वमा एकैदिन थपिए ५ लाख ३४ हजार संक्रमित, ११ हजारको मृत्यु


एजेन्सी ।

विश्वमा एकैदिन ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ ।

एकैदिन ११ हजार ६५२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भारतमा संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्