शिक्षा आयोगको प्रतिवेदन सार्वजनिकप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण, कारवाहीका लागि पत्राचार – Janadesh Daily | ePaper

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिकप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण, कारवाहीका लागि पत्राचार


जनादेश, काठमाडौँ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको शिक्षा आयोगको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दे मन्त्रालयले गैर सरकारी संस्थाद्वारा नेपाल सरकारको निसान छाप प्रयोग गरी मन्त्रालयको नामबाट प्रकाशन गरिएको प्रतिवेदनप्रति ध्यानाकर्षण भएको बताएको छ । यस्तो कार्यले नेपाल सरकारमा रहेको प्रतिलिपि अधिकार उल्लंघन भएको हुँदा कानून बमोजिम कारवाहीको लागि पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक नगरेकाले सूचनाको हकप्रतिको दायित्व आफूहरुको पनि भएको बताउँदै आयोगका सदस्यहरु विमल फुयाँल, श्याम श्रेष्ठ, डा विद्यानाथ कोइराला, बाबुराम थापालगायतले दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

उनीहरुले प्रतिवेदनका अधिकांश सुझाव राष्ट्रिय शिक्षा नीति, २०७६ मा समाावेश नगरिएको जनाउँदै विद्यालय तहमा निजी क्षेत्रलाई क्रमशः निरुत्साहन गर्न माग गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्