दुई फरक सवारी दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु – Janadesh Daily | ePaper

दुई फरक सवारी दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु


जनादेश, जिल्ला व्युरो ।

चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो ।

राति ८ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको हो । न्यौपाने मकवानपुरको आमभञ्ज्याङका रहेको प्रहरीले जनाएको छ ।

यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी छन् ।

यस्तै काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका- ८ भट्टीडाँडाका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका- ६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्