एजेन्सी ।
लिभरपुल र एटलान्टा च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा एफसी मिड्ट्जील्याण्डसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल १३ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।
लिभरपुलका लागि पहिलो मिनेटमै मोहम्मद सालहले गोल गरे । एफसीका लागि ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा स्कोल्जले गोल गरेका हुन् ।
यस्तै डट क्लब अजाक्सलाई १–० ले पराजित गरेर एट्लान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । एट्लान्टाको ११ तथा अजाक्सको सात अंक रह्यो ।