एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई ३–२ ले पराजित गरेको हो । म्यानचेस्टरका लागि मार्कस राशफोर्डले दुई तथा एन्थोनी मार्शलले एक गोल गरे । शेफिल्डका लागि म्याकगोल्ड्रिकले दुई गोल गरे ।
राशफोर्डले २६ र ५१ तथा मार्शलले ३३ औँ मिनेटमा गोल गरेका हुन् । पुछारको क्लब शेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले ५ र ८७ औँ मिनेटमा गोल गरे ।
जितपछि छैटौँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १२ खेलबाट २३ अंक भएको छ । लिग अन्तर्गत बिहीबार राति भएको अर्को खेलमा एस्टन भिल्ला र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।