युवतीले मुटु चोरेपछि प्रहरी चौकी पुगे एक युवक – Janadesh Daily | ePaper

युवतीले मुटु चोरेपछि प्रहरी चौकी पुगे एक युवक


ऐजेन्सी ।

आफूले दुख गरी अर्जेको धनमाल चोरी हुँदा हामीले सबैभन्दा पहिले प्रहरीलाई नै याद गर्ने गरेका हुन्छौ । प्रहरीले पनि सकेसम्म चोरी भएको धनमाल खोजी गरेर चोरलाई सजाय दिएको धेरै घटना हामीले देखेका छौ ।

तर, भारतीय प्रहरी समक्ष एउटा यस्तो उज्री आयो जसलाई देखेर प्रहरी नै चकित परेको छ । प्रहरी समेत संकटमा परेको यो घटना महाराष्ट्रको नागपुर भन्ने ठाउँमा घटेको हो । त्यहाँका एक युवकले आफ्नो मुटु चोरी भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएपछि प्रहरी समेत अचम्ममा परेका थिए । नागपुरका ती युवकले आफ्नो मुटु एक युवतीले चोरेको बताउँदै खेजीदिन आग्रह गरेका हुन् ।

आफ्नो मुटु एक युवतिले चोरेको हुनाले फिर्ता ल्याइदिन प्रहरीमा उजुरी दिन पुगेका युवकको उजुरीबारे इन्तु न चिन्तु बनेका ड्यूटीमा खटिएका प्रहरीले माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए । अनौठो प्रकारको उजुरीले अचम्ममा परेका उच्च अधिकारीहरुले यस प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको बताउदै ती युवालाई घर फर्काएका थिए ।

नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले यस घटनाबारे एक कार्यक्रममा खुलासा गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्