राप्ती इञ्जिनियरिङ कलेजद्धारा सार्वजानिक सुनुवाई – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजद्धारा सार्वजानिक सुनुवाई



जनादेश, दाङ। राप्ती इञ्जिनियरिङ कलेज द्धारा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय तहमा गुणस्तरीय शिक्षा दिनुका साथै दक्ष जनशक्ति उत्पादन गर्न सफल राप्ती इञ्जिनियरिङ कलेजले विभिन्न क्षेत्रका व्याक्तिहरुको उपस्थितिमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै शक्ति टोल विकास संस्थाका अध्यक्ष रामकुमार चौधरीले कलेजको स्थापना भए देखि स्थानिय स्तरमा विभिन्न किसिमका सेवा सुविधाहरुमा वृद्धि भएको, आफ्नै गाँउघरमै सफल प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न कलेज सफल भएकोमा कलेजलाई धन्यवाद एवं शुभकामना दिनु भयो ।

त्यसैगरी कम्प्युटर एशोसियशन महासंघ दाङका अध्यक्ष कर्ण बहादुर पुनले राप्ती इञ्जिनियरिङ कलेजले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै राप्ती इञ्जिनियरिङ कलेज लुम्बिनी प्रदेशको नमुना कलेजको रुपमा स्थापित भएको पुनले बताउनु भयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एंव प्रबन्ध निर्देशक भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले कलेजले गरेको गतिविधिहरुका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम सहजीकरण कलेजका प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा वि.ई.सिभिलका एकेडेमिक कोर्डिनेटर ई. बाबुराम जोशी, क्यानमहासंघ लुम्बिनी प्रदेशका उपाअध्यक्ष कृष्ण बहादुर वली लगायत शिक्षक,कर्मचारी तथा स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्