फेसबुकले अस्ट्रेलियामा फेरि समाचार पेज खुला गर्ने – Janadesh Daily | ePaper

फेसबुकले अस्ट्रेलियामा फेरि समाचार पेज खुला गर्ने


एजेन्सी । फेसबकुले अस्ट्रेलियाका उपयोगकर्ताहरूका लागि फेरि आफ्नो समाचार पेज खुला गर्ने जनाएको छ ।

समाजिक सञ्जालको ठूलो कम्पनी फेसबुकले अस्ट्रेलियामा गत बिहीबार देखि समाचार पेज बन्द गरेको थियो ।

अस्ट्रेलियाले सामाजिक सञ्जालका कम्पनीहरूलाई विभिन्न स्थानीय मिडियाका समाचार प्रयोग गर्दा त्यसका लागि भुक्तानी गर्नुपर्ने कानुन लागेको विरोधमा फेसबुकले समाचार पेज बन्द गरेको थियो ।

फेसबुकले स्थानीय मिडियाका समाचार फेसबुकमा प्रयोग हुँदा त्यसवापत रकम तिर्नु गलत भएको भन्दै त्यसको विरोध गरेको थियो ।

अस्ट्रेलियाका ट्रेजरर जोश प्राइडनबर्गले आउदा दिनमा फेसबुक न्युज पेजहरूमा फेरि आउने बताए ।

कानुनमा संशोधन गरिने जनाउँदै उनले मंगलबार यस्तो बताएका हुन । अस्ट्रेलियाको सरकारले कानुनमा हुने संशोधनबाट टेक कम्पनी र समाचार कम्पनीहरूबीच समाचारका लागि एक न्यायपूर्ण सम्झौता तय हुने विश्वास व्यक्त गरेको छ ।

फेसबुक र गुगलले यो कानुनको विरोध गरेपनि यो विश्वभरका लागि नियमनकारी कानुन हुने अपेक्षा गरिएको छ ।

फेसबुकले यस विषयमा सरकारसँग भएको छलफलबाट पुन विश्वसत भएको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्