सर्वोदय पुस्तकालयको भवन हस्तान्तरण – Janadesh Daily | ePaper

सर्वोदय पुस्तकालयको भवन हस्तान्तरण


चन्द्रप्रकाश नेपाली,

घोराही । सर्वोदय पुस्तकालय तथा बाचनालय घोराही दाङको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा वनेको भवन आज शहरी विकास तथा भवन कार्यालय घोराहीले बाचनालय सञ्चालक समितिलाई हस्तान्तरण गरिएको हो ।

भवन कार्यालयका प्रमुख अनन्तकुमार देवले समितिका अध्यक्ष शुसिल गौतमलाई भवन हस्तान्तरणको प्रमाण पत्र प्रदान गर्नुभएको हो । २ तलाको भवनमा ११ कोठे आरसिसि फ्रेम स्ट्रक्चर भएको शौचालय र बाथरुम सहितको भवन निर्माण भएको छ ।

भ्याट बाहेक ८० लाख ८१ हजार ६ सय ९७ रुपैयाँको लागतमा बनेको भवन छिट्टै उद्घाटन हुनेभएको छ । यसैविच एक बर्षको अबधीमा निर्माण सक्ने बालरुपी निर्माण सेवाका सञ्चालक विनोद शाहलाई समितिले सम्मान गरेको छ ।

समितिका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं बरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यता र शहरी विकास तथा भवन कार्यालयका प्रमुख देवको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

समितिका सचिब सुदिप गौतमले सहजिकरण गर्नुभएको कार्यक्रममा उपाध्यक्ष चन्द्रराज पन्तले स्वागत गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्