घाँस काट्ने क्रममा लडेर मृत्यु – Janadesh Daily | ePaper

घाँस काट्ने क्रममा लडेर मृत्यु


बझाङ ।

जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

आज बिहान ७ः०० बजे साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँ पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्