काठमाडौँमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

काठमाडौँमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण


काठमाडौँ ।

देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा, मोरङमा एक÷एक र इलामका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका दुई जना, उदयपुर र तेह्रथुमका एक÷एक जना र मोरङका २३ जना सङ्क्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक र महोत्तरीका दुई जनामा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा दाङ र नुवाकोटका एक÷एक, काठमाडौँका दुई र सोलुखुम्बुका दुई जना कोरोना सङ्क्रमति भएका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँ र पर्साका तीन ÷तीन जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका दुई, रौतहट र मकवानपुरका एक÷एक जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बाराका एक जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एक, काठमाडौँका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गोरखा र कास्कीका दुई÷दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र अर्घाखाँचीका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका दुई, बर्दियाका छ र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका तीन, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जना र सुर्खेतका ती जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका तीन जना र कञ्चनपुरका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा एक हजार ८७३, वाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश ५ मा ३५८, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९१८ जना सङ्क्रमित छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्