एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको – Janadesh Daily | ePaper

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको


जनादेश संवाददाता,

Bizpati.com - Leading Economic Online News Portal From Nepal ...

काठमाडौ । वितेको आर्थिक वर्षमा विदेशबाट आउने वस्तुको आयात १५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा वस्तुको आयात १५ दशमलव १५ दशमलव ६३ अंले घटेको छ ।

आयात घटे पनि निर्यात भने बढ्न सकेको छैन । गएको वर्ष ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको वस्तु आयात भएकोमा ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ ।

अघिल्लो आर्थिक बर्षमा १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यसैविच नेपाललाई कृषिप्रधान देश भनिए पनि गएको आर्थिक वर्षमा झण्डै ५७ अर्ब रुपैयाँको खाद्यान्न मात्रै भित्रिएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न भित्रिएको छ । आर्थिक वर्ष २०७५र०७६ मा भन्दा गएको आर्थिक वर्षमा धान, चामल, मकै, कोदो,जौँ गहुँलगायतका खाद्यान्न आयातमा पाँच अर्ब रुपैयाँ धेरै रकम बाहिरिएको छ ।

गएको आर्थिक वर्षमा धानरचामल मात्रै साढे ३३ अर्ब रुपैयाँको आयात भएको छ । धानको बिउ, धान, चामल, कनिकालगायतका वस्तुको आयातमा ३३ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।

यसमध्ये झण्डै २२ अर्ब रुपैयाँको धानचामल भारतबाट आयात भएको छ । यस्तै सात अर्ब ९० करोड रुपैयाँको गहुँ आयात भएको छ । यस्तै १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ बराबरको मकै आयात भएको भन्सार विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्