१५ दिनदेखि किशोरी बेपत्ता – Janadesh Daily | ePaper

१५ दिनदेखि किशोरी बेपत्ता


इलाम ।

माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् ।

गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिनुभयो । परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताउनुभयो । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्