कुरियरमार्फत दुई लाख ७९ हजार ठगी गर्ने पक्राउ    – Janadesh Daily | ePaper

कुरियरमार्फत दुई लाख ७९ हजार ठगी गर्ने पक्राउ   


जनादेश संवाददाता, 

काठमाडौँ । प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा रु दुई लाख ७९ हजार ९१० ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपु¥याइ ठगी गर्ने धनुषाका २४ वर्षीय धीरज साहलाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडा नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका उनले भारतबाट बेवी कार सिट मगाउने पीडितले ई–सेवाबाट पठाएको रु नौ हजार, भारतबाट साडी कुर्था ल्याउने भनी पीडितसँग लिएको रु ७७ हजार ७००, सिको घडी मगाउनका लागि पीडितसँग लिएको रु ४९ हजार ५५०, जेन्स कपडा ल्याउन पीडितसँग लिएको रु १४ हजार ८७५, औषधि तथा मोबाइल ल्याउन पीडितसँग लिएको रु ७३ हजार ७८५ ठगी गरेका छन् ।

उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्