ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु – Janadesh Daily | ePaper

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


चितवन ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्