पहिराले पुरेर एकको मृत्यु – Janadesh Daily | ePaper

पहिराले पुरेर एकको मृत्यु


पाल्पा ।

पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पुर्‍याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्