इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण    – Janadesh Daily | ePaper

इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण   


काठमाडौँ ।  

इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत छन् ।

त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिनुभयो । राजदूत बेनी ओमेरले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्