हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे – Janadesh Daily | ePaper

हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे


सिमकोट ।

एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्‍याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिनुभयो । “असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ”, धितालले भन्नुभयो, “अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।”

विभिन्न गाउँमा १०० भन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ । असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था भएको स्थानीय पदबहादुर सिंहले बताउनुभयो । “गाउँगाउँबाट पशु बिरामी भएको खबर आउने गरेको छ”, सिंहले भन्नुभयो, “औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको छ ।”

पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकाले तत्काललै पशु स्वास्थ्यकर्मीलाई औषधिसहित पठाउने काम भएको बताएको । गाउँपालिकाले पशुको औषधि खरिद नगरेकाले जिल्लाबाटै पठाउनुपर्ने हुँदा केही ढिला जस्तो भएको कार्यालय ज्ञानेन्द्र सिंह बुढथापाले बताउनुभयो । उहाँले तत्कालै पशु स्वास्थ्यकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने काममा लागेको उल्लेख गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्