सभा सम्मेलन नगर्न र अनिवार्य मास्क लगाउन सुझाब – Janadesh Daily | ePaper

सभा सम्मेलन नगर्न र अनिवार्य मास्क लगाउन सुझाब


चन्द्रप्रकाश नेपाली,

घोराही । सरकारले कोरोना संक्रमणको जोखिम बढीरहेको अबस्थामा नागरिकहरुले भने हल्कारुपमा लिएको प्रति ध्यानआकर्षण भएको छ ।

Homemade Masks: All you need to know about using a face mask

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम कायमै रहेको अबस्थामा नागरिकहरु सभा सम्मेलनमा जाने र मास्क नलगाउने गरेको भन्दै लापर्वाही नगर्न आग्रह गर्नुभयो ।

नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा. गौतमले सरकारले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा समेत नागरिकहरु स्तरबाट हेलचेक्राँई गरेको भन्दै रोग सँग खेलबाड नगर्न सचेत पानुभएको छ । भिडभाड र सभा सम्मेलनबाटै कोरोना फैलिएको भन्दै उहाँले त्यस्ता कार्यहरु तत्काल रोक्न आग्रह गर्नुभएको हो ।

साथै सरकारले अनाबस्यकरुपमा घर बाहिर नहिड्न र अनिवार्य मास्क लगाउन आग्रह गर्दा समेत पूर्ण पालना नभएको पाईएको बताउनुभयो । अनिवार्यरुपमा मास्क लगाउन समेत उहाँले सुझाउनुभएको छ ।
सरकारले हात मिलाउने, अंकमाल गर्ने बानीलाई नमस्कारमै सिमित गर्न आग्रह समेत गरेको छ । त्यस्तै यात्रा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र मास्कलाई जथाभावी नछुन पनि सरकारले सुझाब दिएको छ ।

भारत सहित बिदेशबाट आउनेहरुले अनिवार्यरुपमा सरकारले भने अनुसार दुई साता क्वारेन्टाईनमा बस्न समेत आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्