व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधीमा चुनाब, श्रीमण न्यौपाने बिजयी – Janadesh Daily | ePaper

व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधीमा चुनाब, श्रीमण न्यौपाने बिजयी


जनादेश संवाददाता,

घोराही । घोराही उपमहानगरपालिका २ रामपुर स्थितगंगा माद्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको शिक्षक प्रतिनिधी चयनका लागि निर्वाचन भएको छ ।

विद्यालयमा  भएको निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति सदस्यकोरुपमा शिक्षक प्रतिनिधी श्रीमण न्यौपाने विजयी हुनुभएको छ ।

प्रतिद्धन्द्धी शिक्षक मालबहादुर केसीलाई हराउदै न्यौपाने विजयी हुनुभएको छ । विजयी न्यौपानेले २० र पराजित केसीले १२ मत ल्याउनुभएको निर्वाचन समितिका सदस्य गंगा गौतमले जानकारी दिनुभएको छ ।

गएको फागुन ६ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस निकटका समूहमा निर्वाचन हुदा नेकपा समर्थित शरद डिसी सहितको प्यानल व्यवस्थापन समितिमा विजयी भएको थियो ।

सहमतीको प्रयास गर्दा पनि शिक्षक प्रतिनीधिमा कुरा नमिलेका कारण आज चुनाब भएको व्यवस्थापन समितिका अध्यक्ष डिसीले जानकारी दिनुभयो ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्