पहिराले १३ परिवार विस्थापित – Janadesh Daily | ePaper

पहिराले १३ परिवार विस्थापित


गलकोट ।

बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिराका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लकाघरमा आंशिक क्षति भएको छ ।

पहिराले खारा बजारका अन्य सात घर पनि कारण उच्च जोखिममा छन् । वर्षा हुनासाथ आउन सक्ने पहिराको जोखिमले स्थानीयवासी त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने र पुरिने जोखिममा भएपछि नौ घरपरिवार विस्थापित भएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिनुभयो । “प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, वडाध्यक्ष मल्लले भन्नुभयो, “जोखिमपछि पूर्ववत् सजगता अपनाउनुपर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिकस्थलमा बस्न भनेका छांैँ ।

निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिराले पनि स्थानीयवासी आजित छन् । यता ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् । शनिबार बिहान खसेको पहिराले स्थानीयवासी काली विक, पोप्ची विक, बाँबरी विक र रोशन विकका घर जोखिममा परेका हुन् । अहिले विस्थापित परिवार छिमेकीका सहयोगमा आश्रयमा लिएर बसेका छन् ।

अलि ठूलो वर्षा हुनसाथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताउनुभयो । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ –ढोरपाटन खण्ड अवरुद्ध भएको छ । “अहिले गाउँगाउँ, टोलटोल र घरघरमा सडक पु¥याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ”, उहाँले भन्नुभयो,“अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्