सुत्केरीको मृत्यु    – Janadesh Daily | ePaper

सुत्केरीको मृत्यु   


जाजरकोट,

कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।

सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उहाँलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले बताउनुभयो । उहाँका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।

त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ ।

घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ ।  रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्