पठन शैलीलाई प्रविधी सँग जोड्न आग्रह – Janadesh Daily | ePaper

पठन शैलीलाई प्रविधी सँग जोड्न आग्रह


घोराही,

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पठन शैलीलाई समय अनुसार प्रविध सँग जोड्नुको विकल्प नभएको बताउनुभएको छ ।

घोराही १५ स्थित सर्वोदय पुस्तकालय तथा बाचनालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले समय अनुसार पुस्तक अध्ययन शैलीलाई प्रविधी सँग जोडेर लैजानु पर्नेमा जोड दिनुभएको हो ।

सूचना र प्रविधीको बढ्दो प्रयोगले किताब पढ्नेको संख्या घट्दै गएको भन्दै उहाँले अब इन्टरनेटको माध्यमबाट ज्ञान प्राती गर्र्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

पठन संस्कृती तर्फ नयाँ पुस्ताको ध्यान जान नसकेको भन्दै उहाँले शिर्षक पढ्ने र धारणा तय गर्ने प्रबृत्ती देखिएको उल्लेख गर्नुभयो ।

अल्पज्ञानलाई सर्बज्ञान ठान्ने प्रबृती घातक हुने भन्दै उहाँले कुनै पनि विषयको अध्ययन पुरा गरेर मात्रै धारणा बनाउनु पर्नेमा जोड दिनुभयो ।

पुस्तकालय एवं बाचनालयमा हुने सामुहिक छलफल तथा समिक्षाबाट विकास र रुपान्तरण सम्भब हुने धारणा व्यक्त गर्नुभयो । करिब ८२ लाख रुपैयाँको लागतमा बनेको नयाँ भवनमा अब बाल पुस्तकालय, कम्प्युटरबाट अध्ययन सँगै परम्परागत पुस्तकालय सञ्चालन हुने भएको छ ।

बाचनालय सञ्चालक समितिका अध्यक्ष शुसिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भौतिक विकासले मात्रै समाज संबृद्ध बन्न नसक्ने भन्दै मानविय चेतनाको विकासमा पुस्तकालयले ठूलो भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुजिता शाक्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, बाचनालयका संस्थापक एकराज शर्मा, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल लगाएतकाले पुस्तकालय र बाचनालयको महत्व माथी धारणा व्यक्त गर्नुभएको थियो ।

बाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब सुदिप गौतमले गर्नुभएको थियो ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्