स्कुटरको ठक्करबाट महिलाको मृत्यु  – Janadesh Daily | ePaper

स्कुटरको ठक्करबाट महिलाको मृत्यु 


भक्तपुर,

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ ।

स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

स्कुटरले उहाँलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्