फ्रान्सका राष्ट्रपति लेबनान भ्रमणमा    – Janadesh Daily | ePaper

फ्रान्सका राष्ट्रपति लेबनान भ्रमणमा   


पेरिस, रासस–एएफपी,

फ्रान्समा शालिक तोडफोड अस्वीकार्य ...

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भिषण बिस्फोट भएपछि लेबनान भ्रमण गर्ने उहाँ पहिलो राजनेता हुनुहुन्छ ।

राष्ट्रपति म्याँक्रोले लेबनानका राष्ट्रपति मिसेल आउन र प्रधानमन्त्री हस्सन डायब सहित सबै प्रमुख राजनीतिक नेताहरुसँग लेबनानको पछिल्लो आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा विचार विमर्श गर्नु हुनेछ ।

उहाँले लेबनानका लागि आपतकालीन सहायता जुटाउन विशेष रुपमा पहल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा फ्रान्सको उपनिवेश रहेको लेबनानमा आर्थिक सुधारका कार्यक्रममा फ्रान्सले नेतृत्वदायी भूमिका खेल्ने लेबनानको विश्वास छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्