सुन तोलाको एक लाख तीन हजार ५ सय – Janadesh Daily | ePaper

सुन तोलाको एक लाख तीन हजार ५ सय


काठमाडौँ ।

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ ।

बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५ सय मा कारोबार भएको पहेँलो धातुमा आज रु एक हजार १ सय ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५ सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख तीन हजार निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य रु ६० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ४०५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४ सयले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्