उद्योगी व्यवसायीलाई बिमा शुल्कमा छुट – Janadesh Daily | ePaper

उद्योगी व्यवसायीलाई बिमा शुल्कमा छुट


काठमाडौँ,

उद्योगी व्यवसायीले लकडाउन अवधिको बिमा शुल्कमा एकतिहाइ छुट पाउने भएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा घोषित व्यवस्था कार्यान्वयनका लागि शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, बिमक संघ र बिमा समिति सरोकारवालाबीच छलफल भएको छ ।

छलफलमा लकडाउनमा सञ्चालन हुन नसकेका उद्योग प्रतिष्ठानका लागि एकतिहाइसम्म बिमा शुल्कमा छुट दिन सहमति भएको छ । उक्त व्यवस्था कार्यान्वयनका लागि भने बिमा समितिले परिपत्र जारी गर्नुपर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्