चितवन मेडिकल कलेजमा ५ केजीको शिशु जन्मियो – Janadesh Daily | ePaper

चितवन मेडिकल कलेजमा ५ केजीको शिशु जन्मियो


जनादेश, चितवन ।

मकवानपुरकी एक महिलाले ५ केजीको शिशुलाई जन्म दिएकी छन् ।

चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले पाँच किलो ग्रामको छोरीलाई सोमबार जन्म दिएकी हुन् ।

११२ केजी तौल भएकी लोप्चनको रक्तचाप उच्च देखिएको र बच्चा ठूलो भएकाले शल्यक्रिया गर्न नसक्ने भन्दै हेटौडा अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरिदिएको थियो ।

आइतबार रिफर भएकी उनले आज शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएकी हुन् । समान्यतया नवजात शिशुको तौल २.५ देखि ३..५ केजीसम्म हुने चिकित्सक बताउँछन् । आमा र बच्चा अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्