दैलेखमा एकै दिन १७ जना कोरोना संक्रमित थपिए – Janadesh Daily | ePaper

दैलेखमा एकै दिन १७ जना कोरोना संक्रमित थपिए


सुर्खेत,

दैलेखमा सोमबार कोरोना भाइरसका थप १७ जना संक्रमित भेटिएका छन् । नारायण नगरपालिकामा १४ जना र भैरवी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् ।

नारायण नगरपालिकाकमा १४ जना केही दिनअघि संक्रमण पुष्टि भएका बैंक, गैरसरकारी संस्थाका कर्मचारी र एक स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरु हुन् ।

संक्रमितको सम्पर्कमा आएका ३५ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका चार महिला र १० पुरुष रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्