त्रिभुवन विश्वविद्यालयका सबै सेवा भदौ १५ सम्म बन्द – Janadesh Daily | ePaper

त्रिभुवन विश्वविद्यालयका सबै सेवा भदौ १५ सम्म बन्द


जनादेश काठमाण्डौ,

त्रिभुवन विश्वविद्यालयले अत्यावश्यक बाहेक अन्य सबै सेवा आगामी भदौ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि सो निर्णय गरिएको सुचना महाशाखा प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

परीक्षा लगायतका अन्य गतिविधि संचालनको तयारी गरेको विश्वविद्यालयले अर्को सुचना नआएसम्म सबै क्रियाकलाप पुनस् स्थगित गर्ने निर्णय गरेको अधिकारीले बताउनुभयो ।

यद्यपी विश्वविद्यालयले संचालन गरेको अनलाइन कक्षा भने जारी रहने छ । स्थानीय प्रशासनले लकडाउन तथा निषेधाज्ञा जारी गरेमा कार्यालयका सम्पूर्ण सेवाहरु समेत बन्द रहने अधिकारीले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्