कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा स्वास्थ्य सामग्री वितरण – Janadesh Daily | ePaper

कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा स्वास्थ्य सामग्री वितरण


काठमाडौँ ।

कतार च्यारिटी र इस्लामिक रिलिफले तराईका ४ र जिल्लाका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

विशेषगरी भारतबाट आएका नेपालीलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० वाट क्वारेन्टिनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजनाले जनाएको छ ।

परियोजनाका प्रबन्धक इर्शाद अलि शेखले च्यारिटी र इस्लामिक रिलिफले संयुक्तरुपमा सञ्चालन गरेको आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुदृढीरण कार्यक्रमअन्तर्गत ८० वटा क्वारेन्टिनमा १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, हात धुने केन्द्र ९२ वटा, क्वारेन्टाइनमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, एक हजार महिलालाई व्यक्तिगत स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वारेन्टाइनमा बस्नेहरुका लागि पानी शुद्धीकरण गर्ने झोल पदार्थ, बाल्टी, जगलगायतका सामग्री समेत वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत बाँके, बर्दिया, सर्लाही र रौतहटका विभिन्न एफएम र टेलिभिजनबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने प्रचारप्रसार गरिएको थियो । तीन वर्षदेखि नेपालमा सामाजिक सेवामा कार्य गर्दै आएको कतार च्यारिटी अरब मुलुकको सबैभन्दा ठूलो गैरसरकारी संस्थाको रुपमा रहेको छ ।

यसले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ बताइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्