जनादेश वाच।
बेलायतमा रोजगारीका लागि जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलाइएको छ । श्रम तथा रोगगार मन्त्रालयले बिहीबारदेखि अनलाइन आवेदन खुला गरेको हो ।
मन्त्रालयले २० जुलाईदेखि ११ अक्टोबरसम्म आवेदन दिन सकिने जनाएको छ ।
कस्ता नर्सले दिन पाउँछन् आवेदन ?
१. नेपाली नागरिक, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको ।
२. नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएस्सी नर्सिङ वा बीएन) वा नर्सिङमा स्नातकोत्तर गरेको ।
३. नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त । पछिल्लो दुई वर्ष कुनै मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने । (सन् २०१९ भन्दा अघि काम गरेको अनुभवलाई मान्यता दिइने छैन) ।
४. निम्नमध्ये कुनै एक अंग्रेजी भाषामा प्रवीणता प्रमाणपत्र तह हुनुपर्ने:
आइईएलटीएस को रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर सात र राइटिङमा ६.५ ल्याएको ।
ओईटमा कम्तीमा बी ग्रेड रिडिङ, राइटिङ र लिस्निङ तथा सी प्लस ल्याएको ।